जनता टाइम्स

१६ बैशाख २०७८, बिहीबार ०७:५४

बुटवलको कोरोना अस्पतालमा थप तीन संक्रमितको मृत्यु


तिलोत्तमा, बैशाख १६ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिनुभयो । त्यस्तै, गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा।गौतमले जानकारी दिनुभयो ।