काठमाडौं, बैशाख १७
वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको निधन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चिकित्सक हुन् । उहाँको हिजो सँझ मृत्यु भएको हो । ३५ वर्ष सरकारी सेवामा विताउनुभएको उहाँले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गर्नुभएको थियो ।
वीरमा काम गर्दा सेवा निवृत्त भएपछि घरमै बस्दै आउनुभएको थियो । ७१ वर्षीय डा. सिंह लामो समयदेखि मल्टिपल माइलोमा (ब्लड क्यान्सर) को विरामी हुनुहुन्थ्यो । सप्तरी जन्मथलो भएपनि उहाँ ललितपुरस्थित हात्तीवनमा बस्दै आउनुभएको उहाँको अन्त्यष्टी जन्मस्थान सप्तरीमै गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्