जनता टाइम्स

१८ बैशाख २०७८, शनिबार १७:०३

काठमाडौं उपत्यकामा थप २४७५ लाई कोरोना पुष्टि


काठमाडौं, बैशाख १८

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ जनालाई संक्रमण पुष्टि भएको छ । आज देशभर ५७ सय ५३ लाई संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा महामारी सुरु भएयताकै अत्याधिक हो ।

हिजो ५७ सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसअघि नेपालमा एकैदिन ५७ सय ४३ जनालाई संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना निको भएका छन् । १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ सय ९८ पुगेको छ ।

यसैगरी अहिले देशभर ५११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४०१ जना आइसियु र ११० जना भेन्टिलेटरमा छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ, जसमध्ये २ लाख ८२ हजार ३८२ निको भएका छन् भने ३२ सय ९८ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ ।