जनता टाइम्स

१९ बैशाख २०७८, आईतवार १७:०५

सर्वोच्चको फैसलापछि एमाले संसदीय दलको बैठकमा लगातार सहभागी थिइन बिमला ओली, हेर्नाेस यो प्रमाण


बुटवल, बैशाख १९ । नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसलापछि लुम्बिनी प्रदेससभा सदस्य बिमला खत्री ओली नेकपा एमालेमै रहेको प्रमाण फेलापरेको छ । अदालतले फैसला गरेपछि बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा ओली लगातार सहभागी भई हस्ताक्षर गरेको पाइएको हो ।

ओलीले फागुन २३ गतेयता पनि लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको र यही बैशाख १७ गते बसेको संसदीय दलको बैठकमा समेत उहाँको हस्ताक्षर रहेको पाइएको हो । ओलीले आज मात्रै माओवादी केन्द्रमा रहने निर्णय गरेको बताउनु भएको थियो । ‘शुक्रवारको दलको बैठकमा सांसद ओली उपस्थित भएर हस्ताक्षर गर्नुभएको छ, उहाँ अदालतको फैसलापछि एमालेमै रहेर अहिले दल त्याग गरेको अवस्थामा सांसद पद जान्छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सांसद ओली फागुन २३ गते यता लगातार एमाले दलको बैठकमा सहभागी भएको र सोही दस्तावेज नै प्रमाण हुने भन्दै माओवादी प्रवेश गरेको प्रमाणित भएमा सांस्द पद खारेजीको प्रक्रिया अघि बढाउने घोषणा गरिसक्नु भएको छ । बैशाख १७ गते बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकमा उपस्थित भइ सांसद ओलीले ३०औं नम्बरमा हस्ताक्षर गर्नुभएको छ ।