जनता टाइम्स

२६ जेष्ठ २०७६, आईतवार १९:०३

भाइरल बन्यो माइतीघर मण्डलामा निहत्थामाथि हानिएको प्रहरी किक


काठमाडौं, जेठ २६

माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हानेको किक सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहिलो पोष्टमा कार्यरत फोटो पत्रकार प्रविन रानाभाटले खिचेको त्यो तस्विरलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चर्काे बहश र प्रहरीको बहादुरीमाथि चर्चा सुरु भएको हो ।

प्रहरीको घेराबीच तस्विरमा देखिएका ब्यक्ति हुन, उपेन्द्रकाजी शाक्य । गुठी बिद्येयकको बिरोधमा आइतवार दिउसो माइतीघर मण्डलामा भएको प्रदर्शनमा शाक्य सहभागी हुनुभएको थियो । प्रहरी र प्रदर्शनकारीबीच असहज अवस्था आएपछि पानीको फोहोरा प्रहार गरियो । शाक्य फोहोराको भिडियो खिच्नतिर लाग्नुभयो । प्रहरीले भिडियो खिचेको दृष्य देखेपछि पछाडिबाट आएर शाक्यलाई समात्यो । समातेन मात्रै किन खिच्छस भिडियो भन्दै यसरी किक हान्यो । यो दृष्यलाई पहिलो पोष्ट अनलाइनका फोटो पत्रकार प्रविन रानाभाटको क्यामरामा कैद भयो । जव सो अनलाइनमा तस्व्रि छापियो, एकाएक माइतीघरको त्यो प्रहरी किक भाइरल बनेको हो ।

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार प्रर्दशनको क्रममा प्रहरीले प्रर्दशकारीमाथि लठ्ठी चार्ज तथा पानीको फोहरा प्रहार गरेको थियो । सो क्रममा फिल्डमा खतिएका प्रहरीले आफ्नो संगठनको नीतिबिपरित जाइलाग्दा सिंगो प्रहरीकै छविमा कालो दाग लागेको छ । सामाजिक सञ्जालमा यसैगरी प्रतिक्रियाहरु आइरहेको छ ।

प्रदर्शनकारीले बिचार पुर्याएनन । फेरि अर्काे प्रदर्शनमा मान्छे आउँछन कि आउँदैनन भन्ने चिन्ता थियो होला । परिस्थिति एकाएक भडकियो । प्रदर्शनकारी र प्रहरीबीच एकाएक झडपको स्थिति बन्यो । त्यसक्रममा केही प्रदर्शनकारी घाइते पनि भए । केहीलाई प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका शाक्यमाथि प्रहरीले किक हानिरहेको फोटोले भने माइतीघरमा प्रदर्शनकारी होइन, प्रहरी उदण्ड बनेको दृष्य देखायो ।

प्रहरीले प्रदर्शनकारीमात्र नभइ माइतीघर मण्डल वरिपरि बसिरहेका सर्वसाधारणमाथि समेत पानीको फोहरा हानेको थियो । प्रहरी निसाना फोटो खिच्नेतिर बढी नै थियो । त्यसैले भिडियो खिचेको शाक्यमाथि बज्रियो यसरी किक ।