जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार २१:३४

१७ सय ७५ जनाले जिते कोरोना


काठमाडौं, बैशाख २१ । नेपालमा महामारीको रुप लिएको कोरोना भाइरसलाई १७ सय ७५ जनाले जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन ।

कोरोनामुक्त हुनेमा १४ महिने बालिकादेखि १ सय ११ बर्षीय बृद्धसम्म रहेका छन । योसँगै हालसम्म नेपालमा दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका हुन् । हाल मुलुकभर २५३ जना क्वारेन्टिनमा रहेका छन् ।