काठमाडौं, बैशाख २३ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शीतलनिवास पुग्नुभएको छ । कांग्रेस सभापति शेरवहादुर देउवासँग उहाँकै निवास बुढानिलकण्ठमा छलफल गरेपछि नेता नेपाल राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गर्न सिधै राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको हो ।
देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति भण्डारीलाई भेट्न नेता नेपाल शीतल निवास पुगनुभएको हो । नेता नेपाल शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको लागि संसद अधिवेशन बोलाएपछि नेता नेपाल बहुमत पुग्न नदिन बिपक्षी भन्दा पनि खुलेरै लाग्नुभएको छ । उहाँले देउवासँगको भेटमा नेपालले २७ गते अगावै अविश्वास प्रस्ताव ल्याउन र ओलीविरुद्ध बहुमत पुर्याउन जति सांसदले राजिनामा दिनुपर्ने हो त्यति संख्या पुर्याउने प्रतिवद्धता जनाउनु भएको देउवानिकट स्रोतले बताएको छ ।
बिपक्षीसँगको गठबन्धन बलियो बनाउँदै जानुभएका नेता नेपालले एमालेमा थप बबण्डर मच्चाउनका लागि दोषी अध्यक्ष ओलीमाथि लगाउने योजनासहित शीतलनिवास पुगेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्