काठमाडौं, बैशाख २३ । बिगत केही दिनयता नेपालमा कोरोनासँगको लडाई जित्नेको संख्या पनि निकै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ७ सय ७ जनाले कोरोना भाइरससँगको लडाई जितेका छन ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २४ घण्टामा ३ हजार ९ सय ७२ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं ३ हजार १ सय ६३, ललितपुर ५ सय ६७ र भक्तपुर २ सय ४२ संक्रमित थपिएका हुन । २४ घण्टामा २० हजार ३ सय ६७ पीसीआर परीक्षण भएको थियो ।
उपत्यकोको यो संख्यासहित देशभर बिहीबार ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको विवरणमा उल्लेख छ । एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्