काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सूर्य चिह्नमा छाप लगाई एमालेविरोधी गठबन्धनलाई परास्त गर्न आह्वान गर्नुभएको छ । शनिवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई जिताउन आग्रह गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ ‘आगामी २०७८ जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा वागमती प्रदेशमा नेकपा एमालेबाट कमरेड रामबहादुर थापा ‘बादल’ उम्मेदवार हुनुभएको छ । एमालेविरोधी गठबन्धनलाई परास्त गरौं १ सूर्य चिह्नमा छाप लगाई उहाँको विजय सुनिश्चित गर्न सिंगो पार्टीपंक्ति सक्रिय बनौं ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको आह्वान : एमालेविरोधी गठबन्धनलाई परास्त गरौं













प्रतिक्रिया दिनुहोस्