जनता टाइम्स

२५ बैशाख २०७८, शनिबार १०:३९

प्रधानमन्त्री ओलीले बोलाउनुभयो आकस्मिक मन्त्रिपरिषद्‌को बैठक


काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो । ओलीले आइतबार संवैधानिक परिषद्को‌ बैठक पनि बोलाउनुभएको छ । आज बस्ने बैठकका एजेण्डा भने खुलाइएको छैन् ।