जनता टाइम्स

२६ बैशाख २०७८, आईतवार १७:२३

आज ४०२२ ले जिते कोरोना, काठमाडौं उपत्यकामा ४१९८ नयाँ संक्रमित


काठमाडौं, बैशाख २६

पछिल्लो २४ घण्टामा देशभर गरी ४ हजार २२ जनाले कोरोना संक्रमणलाई जित्नुभएको छ । यसअघि हिजो ३ हजार ३७० जनाले कोरोना जित्न सफल हुनुभएको थियो । यस्तै आज काठमाडौ उपत्यकामा ४ हजार १९८ जना नयाँ संक्रमित थपिएका हुन् । आज देशभर ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको थियो ।