जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार ११:५८

नेपाल–खनाल समूहलाई हतारमा ‘अनुचित निर्णय’ नगर्न प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं, बैशाख २७

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरुलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ ।सामाजिक सञ्जाल ट्विटरमार्फत एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उहाँले छलफलको लागि आह्वान गर्नुभएको हो ।

उहाँले आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताउनुभएको छ । ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं’ ओलीले भन्नुभएको छ ।