जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १३:५९

दोस्रो बैठक शुरू, प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत


काठमाडौं, बैशाख २७

प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्। संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले सांसदहरुले उठाएका विषयमा जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गर्ने कार्यसूची छ ।