जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार १५:४५

महन्थले रोष्टमबाटै दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद



काठमाडौं, बैशाख २७ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले बर्तमान संबिधानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै कमजोर बनाएको भन्दै संबिधान संशोधन जरुरी रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज राख्नुभएको बिश्वासको मतमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ठाकुरले संबिधानकै कारण प्रधानमन्त्री कमजोर बनेको तथ्य स्थापित भएकोले संशोधन जरुरी रहेको बताउनु भयो । ‘यो संबिधानले प्रधानमन्त्रीलाई नै कमजोर बनाएको छ, तथ्यले स्थापित गरिसक्यो, त्यसकारण हाम्रो संबिधान संशोधनको माग जायज छ भन्ने स्थापित भयो,’ ठाकुरले भन्नुभयो ।

उहाँले सांस्द रेशमलाल चौधरीलगायतका आफ्ना धेरै नेता कार्यकर्ता आन्दोलनमा सहभागी भएकै कारण जेलमा रहेको र संबिधान संशोधनको आफ्नो मुद्धा संबोधन नभएको कारण बिश्वासको मतको पक्ष वा बिपक्ष कतै नलाग्ने घोषणा गर्नुभयो । अध्यक्ष ठाकेरले आफ्नो माग सुनुवाई गरी १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवादसहित आभारप्रकट गर्नुभयो । ‘हाम्रो माग सुनुवाई गरी १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिइदिनुभएकोमा प्रधानमन्त्रीज्यूलाई धन्यवाद छ, आभार छ,’ ठाकुरले भन्नुभयो ।