जनता टाइम्स

२७ बैशाख २०७८, सोमबार २२:१९

शंकर पोखरेलको निश्कर्ष : फेरि पनि ओली नै प्रधानमन्त्री


काठमाडौ, बैशाख २७। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न ३ दिनको समय दिएर आह्वान गरिसकेका बेला एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने केपी ओली नै फेरि प्रधानमन्त्री हुने ठोकुवा गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने तथ्यसहित आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ । मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीमा फेरि ओलीलाई नै खोज्नुपर्ने बाध्यता रहेको दाबी गर्नुभएको छ ।

‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३)अन्तरगत उही प्रमलाई खोज्नुपर्ने वाध्यता छ’, पोखरेलले सोमबार राति भन्नुभएको छ । समयमै विपक्षी गठबन्धनले विकल्प दिन नसक्दा ठूलो दलको हैसियतले ओलीकै नेतृत्वको सरकार बनाउनुपर्ने बाध्यता रहने उहाँको भनाइ छ ।