जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार ०८:४९

कोरोना संक्रमित एमाले नेता पशुपति चौलागाईंको निधन


काठमाडौं, बैशाख २९। नेकपा एमालेका नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ ।

उपचारका क्रममा मंगलबार साँझ मनमोहन मेमोरियल अस्पतालमा उहााको निधन भएको हो ।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएका उहाँको अवस्था सामान्य भएको पारिवारीक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत २० गते पिसीआर परीक्षण गरेका चौलागाईंलाई २१ गते कोरोना पुष्टि भएको थियो ।

नेता चौलागाईं दोलखा (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । युवा संघका पूर्व अध्यक्ष चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित हुनुभएको थियो । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । दोस्रो संविधानसभामा सभासद हुनुभएका एमालेको पोलिटव्यूरो सदस्य तथा साबिक बागमती अञ्चल इन्चार्जसमेत रहनुभएको थियो ।