जनता टाइम्स

२९ बैशाख २०७८, बुधबार १४:२९

आयोगले सार्वजनिक गर्यो एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी विषयको शुल्क निर्धारण


काठमाडौं, बैशाख २९

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका विभिन्न १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ। आयोगले आज सूचना निकाल्दै एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी/एमएस, एमडिएस, डिएम, एमसिएच लगायतका कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो। गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत राखी अन्य कार्यक्रमको शुल्क निर्धारण गरेको आयोगले जनाएको छ ।

आयोगको बैशाख ९ गतेको निर्णयानुसार एमबीबीएस काठमाडौं उपत्यका भित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार तोकिएको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले जानकारी दिनुभयो । चिकित्सा सम्बन्धि शैक्षिक कार्यक्रम संचालन गर्ने मेडिकल कलेजहरुले आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिन पाउने छैनन ।