जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार १०:०३

एक्लिदै माधव नेपाल, पूर्वमन्त्री रावलले पनि छाडे साथ


सुर्खेत, बैशाख ३० । कर्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधवकुमार नेपाल गुटमा नरहेको खुलासा गर्नुभएको छ । एमाले पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा अच्चम मान्दै उहाँले एमालेको विकल्प एमालेभन्दा अरु हुन नसक्ने बताउनुभएको छ ।

रावलले बुधबार सामाजिक सञ्जाल मार्फत एक अपिल गर्दै ुयुगाखाने सम्भावना छाडेर थाल खानेमा नलाग्नु समेत अपिल गर्नुभएको छ । उहाँले अन्य नेताहरूलाइ पनि एमालेमा लामबद्ध हुन अपिल गर्नुभएको छ । माधव समूहले वैशाख २५ मा एउटा सर्कुलर पठाउँदै रावललाइ हुम्लाको अध्यक्षको रूपमा प्रचार गरेको थियो तर रावलले सिधै अस्वीर गर्नुभएको छ । उहाँले अफू गुटमा हैन एमालेमा लाग्ने बताउनुभएको छ । साथै उहाँले आफू नेकपा (एमाले) एकताबद्ब होस् भनि निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता भएको पनि बताउनुभएको छ ।

आफ्नो सहमतिबिना प्रदेश तथा जिल्ला कमिटीमा राखेकोमा आपत्ती प्रकट गर्दै पूर्व मन्त्री रावलले नेकपा (एमाले) का विरुद्बमा आफू कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नरही नेकपा (एमाले) मा नै रहेको जानकारी गराउनु भएको छ । वैशाख २५ गते माधव समूहले पठाएको सर्कुलरमा उहाँसँगै धेरै नेता तथा कार्यकर्ताको आफ्नो मनोभावनालाई नै नबुझेर विभिन्न जिम्मेवारी दिएकोमा धेरै नेता तथा कार्यकर्ताले आपत्ती समेत जनाएका छन् ।