जनता टाइम्स

३० बैशाख २०७८, बिहीबार २१:२५

प्रचण्डले भने : माधव नेपालले धोका दिए, ओलीसँग फाइट गर्दा हामीलाई ठुलो नोक्सान भयो


काठमाडौं, बैशाख ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाउनु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सहमति भएको समाचार सार्वजनिक भएलगत्तै प्रचण्डले स्थायी कमिटी बैठकमा माधवले गम्भीर धोका दिएको आरोप लगाउनु भएको हो । माधव समुहले सांसद् पदबाट राजीनामा लागि तयार भएको भनेर आफूहरुलाई गुमराहमा राखेको तर राजीनामा नदिई प्रधानमन्त्री ओलीसँग सहमति गरेर माधवले धोका दिएको निश्कर्ष प्रचण्डले स्थायी कमिटीमा सुनाउनु भएको हो ।

‘ माधवले धोका दिए, यसपटक पनि माधव प्राविधिक कुरामा अल्झिनुभयो, कत्रो बिश्वास गरेको थिइयो, उहाँले बोल्ड राजनीतिक निर्णय गर्न सक्नुभएन, हामीलाई धोका भयो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँ भन्यो । बैठकमा अध्यक्ष प्रचण्डले माधवकै बिश्वासमा लागेर ओलीसँग फाइट गरेको तर आफ्नै लागि घातक बनेको तथ्य पनि स्वीकार गर्नुभइको ती नेताले बताए । ‘माधवकै कुरा सुनेर ओलीसँग फाइट गरियो, अहिले ओलीतिरै मिल्न पुगे, यस्ले गर्दा त हामीलाई ठुलो नोक्सान भयो,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।