जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार १३:१५

करेन्ट लागेर दुबै हात गुमाएकी मेघालाई उपचारका लागि अमेरिका लैजाने


काठमाडौं, जेठ २७

नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुबै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष रिमा कटुवालले घिमिरेको उपचारका साथै जनावर उद्धार, विद्याआश्रम र बाजुराको विद्यालयलाई फाउण्डेशनले सहयोग गर्न लागेको जानकारी दिनुभयो ।

आफ्ना स्व. बुबा नारायण केसी र स्व. बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने अध्यक्ष कटुवालले बताउनुभयो ।

“घिमिरेलाई अमेरिका लगेर उपचार गराउन आवश्यक प्रक्रिया पूरा भइसकेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा अध्यक्ष कटुवालले जनावर उद्धार संस्थालाई एक हजार डलर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।