काठमाडौं, बैशाख ३१ । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका नेता उप्न्द्र यादवले एमाले बरिष्ठ नेता माधवकुमार नेपालको बिश्वासमा पर्दा नराम्रोसँग पछारिएको निश्कर्ष निकाल्नुभएको छ । देउवा निवासमा आज तीन नेताको बैठकले यस्तो निश्कर्ष निकाल्नुका साथै मावध नेपाललाई धोकेवाजको संज्ञा दिएको छ ।
बुणनिलकण्ठ स्रोतले जनताटाइम्सलाई दिएको जानकारीअनुसार बैठकमा तीनै जना नेताले माधव नेपाललाई धोकेवाजको संज्ञा दिँदै आगामीदिनमा कहल्यै बिश्वास गर्न नहुने निचोड निकालिएको छ । बैकल्किप सरकार गठनमा असफलताबारे समीक्षा गर्न तीन नेता भेला हुनुभएको थियो । समीक्षाका क्रममा जसपाको महन्त ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा दह्रोसँग उभिएको र माधवले नराम्रोसँग धोका दिएकोले बैकल्पिक सरकार गठन प्रयाश बिफल बनेको निश्कर्ष निकालिएको हो ।
सो क्रममा वैकल्पिक सरकार निर्माणमा भएका प्रयत्न र कमजोरीबारे चर्चा भएको थियो । स्रोतका अनुसार जसपाको महन्थ ठाकुर पक्ष र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री केपी ओलीको निरन्तरताको कारक रहेको निष्कर्ष बैठकले निकालेको छ । समग्रमा माधव नेपालको भर पर्दा र बिश्वास गर्दा उठनै नसकिने गरी पछारिएको निश्कर्ष तीन नेताले निकाल्नु भएको छ, बैठकमा सहभागी एक नेताले भने । प्रचण्डले बिहीवार नै आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा माधवले धोका दिएको भन्दै आक्रोश पोख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्