काठमाडौं, जेठ २७
चर्चीत गायिका मेलिना राईसँगै भुवन प्यासीको फरक शैलीको गीत ‘हे बरै’ को भिडियो सार्वजनिक भएको छ । विशेष गरी आधुनिक गीतमा आफ्नै शैलीका कारण लोकप्रिय बनेका गायक प्यासीले लोक, आधुनिक र र्याप मिसाउदै “हे बरै ” को गीत बजारमा लिएर आउनुभएको हो ।
गितमा शब्द तथा संगित प्यासीको नै रहेको छ भने गायनमा राईले साथ दिनुभएको छ । गोदावरीको गार्डेन परिसरमा छायांकन गरिएको गितमा गम्भिर विष्ट र जेविका कार्कीलाई फिचरिंग गरिएको छ । निर्देशक शिव वि.कले निर्देशन र कोरियोग्राफी गर्नुभएको हो भने अर्जुन तिवारीले छायांकन गरेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्