जनता टाइम्स

६ जेष्ठ २०७८, बिहीबार १०:०१

राष्ट्रियसभा निर्वाचनमा बादललाई जिताउनु पार्टीलाई थप बलियो बनाउनु हो : शंकर पोखरेल


बुटवल, जेठ ६ । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले वागमति प्रदेशमा आज भइरहेको राष्ट्रियसभाको उपनिर्वाचन रामबहादुर थापा बादलको जीतबाट पार्टी एकता थप बलियो हुने आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले थापाले एमाले रोजेकै कारण आजको निर्वाचन हुन गइरहेको भन्दै उहाँको जीतबाट एमाले थप बलियो बन्ने आफ्नो निश्कर्ष सुनाउनु भएको हो । ‘बागमतिमा हुँदै गरेको उपनिर्वाचन कमरेड रामबहादुर थापाले नेकपा (एमाले) रोजेको कारणले हो । उहाँलाई जिताउनु पार्टीलाई थप बलियो बनाउनु हो,’ मतदान सुरु हुन लागेकै बेला मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ

नेकपा माओवादी केन्द्रका नेता थापा आफ्नो सांसद पद समाप्त हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो । माओवादीले उहाँलाई कारबाही गरेपछि राष्ट्रियसभाको यो पद रिक्त भएको थियो । फागुन २८ गतेको एमालेको केन्द्रीय कमिटीको बैठकले थापालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।