काठमाडौं, जेठ ६
आयुर्वेद चिकित्सा परिषद् नेपालले कोभिड-१९ को उपचारको भ्रामक प्रचार नगर्न आग्रह गरेको छ । नेपालले परिषद्मा दर्ता नभएका अनधिकृत व्यक्तिहरुलाइ विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम प्रयोग गरी प्रचार गरेकोमा आपत्ति जनाएको हो ।
आज एक सूचना जारी गर्दै परिषद्ले आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले आफ्नो ज्ञान र सीपको अधिकतम प्रयोग गरी कोभिड-१९ को उपचारमा संलग्न हुन अनुरोध गरेको रजिष्ट्रार डा. निर्मल भूसालले बताउनुभयो । परिषदमा दर्ता भएका आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीले मात्र शास्त्र र वैज्ञानिक तथ्यका आधारमा सञ्चार माध्यमलाई आफ्नो राय दिन पनि आग्रह गरेको छ ।














प्रतिक्रिया दिनुहोस्