जनता टाइम्स

२७ जेष्ठ २०७६, सोमबार २१:०३

पुल शिलान्यास गरेर फर्कदा मन्त्री सवार गाडी खोलामा डुबेपछि…


स्याङ्जा, जेठ २७

पुल शिलान्यास गर्न आउनु भएका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ चढेको गाडी नै खोलामा फसेको छ।अर्जुन चौपारी गाउँपालिकाको दरौं खहरे खोलामा पुल शिलान्यास गर्न आज आउनु भएका मन्त्री महासेठ सवार गाडी सोही खोलामा फसेको हो।

प्रहरीका अनुसार मन्त्री चढेको बा२झ ४०२९ नम्बरको गाडी खोलाको बीचमा पुगेपछि एकातिर ढलेको थियो । गाडी आधासरो डुबेको थियो। गाडी डुबेपछि मन्त्री महासेठ ओर्लिएर अर्को गाडीमा सदरमुकामसम्म आउनुभयो ।

प्रहरीका अनुसार मन्त्री महासेठ शिलान्यास गर्न जाँदा अर्कै बाटोबाट जानुभएको थियो । फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको हो । मन्त्रीको गाडी खोलाबाट निकालिसकिएको प्रहरीले बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा फसेको हो ।