काठमाडौं, जेठ १३ । । कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको बुधवार राति निधन भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको कोरोना रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा सुधार हुन नसकेको एमाले केन्द्रीय सदस्य तथा दैलेख जिल्ला सहइन्चार्ज विष्णु रिजाल बताउनुभयो । न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो। एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने सांसदबाट निवृत्त भएपछि जीविकोपार्जनका लागि काठमाडौंमा किराना पसल चलाएर बसेका बस्नुभएको थियो । जाजरकोटमा एमाले पार्टी स्थापना गर्नेमध्येका एक रहेका शर्माले लामो समय जिल्लाको नेतृत्व गर्नुभएको थियो ।
एमाले नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन













प्रतिक्रिया दिनुहोस्