जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार १५:२१

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


काठमाडौं, १४ जेठ ।   बाँकेको भेरी अस्पतालमा स्वस्थ्यकर्मीमाथी आक्रमण भएको घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत दुःख व्यक्त गर्नुभएको हो । उहाँले लेख्नुभएको छ आफ्नो र परिवारको जीवन जोखिममा राखेुर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुव्र्यवहार हुनु खेदजनक छ । दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थिततिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझाँ दायित्व हो ।