जनता टाइम्स

१९ जेष्ठ २०७८, बुधबार १५:५०

सरकारले तय गर्यो अन्तर्राष्ट्रिय उडान तालिका, यात्रुलाई अनिवार्य क्वारेन्टिन, तोकियो ७८ होटल


काठमाडौं, जेठ १९

सरकारले अन्तर्राष्ट्रिय उडान तालिका तय गरेको छ ।

नेपाल एयरलाइन्स : प्रत्येक सोमबार काठमाडौं–दोहा–काठमाडौं

प्रत्येक बुधबार काठमाडौं–दिल्ली–काठमाडौं ।

त्यसैगरी कतार एयवेज : प्रत्येक सोमबार दोहा–काठमाडौं–दोहा, टर्किस

एयरलाइन्स : प्रत्येक बिहीबार ईस्तानवुल–काठमाडौं–ईस्तानवुल ।

एयर ईन्डिया : प्रत्येक शुक्रवार दिल्ली–काठमाडौं–दिल्ली ।

त्यस्तै सरकारले अब सबै उडानवाट आउने यात्रुहरुलाई होटल क्वारेन्टिन अनिवार्य गरेको छ । सरकारले विदेशबाट फर्किएकालाई क्वारेन्टिन बस्नका लागि पाँच वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । विदेशबाट फर्किएपछि शंकास्पद कोरोना संक्रमित समुदायमा नपुगुन् भन्ने उद्देश्यले क्वारेन्टिन बस्न पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।

कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको विभाग महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो । सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।

विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको हो । सरकारले ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको हो ।

तारे होटलले आफैं तोक्ने, अन्यको ३ हजार

सरकारले तारे होटलको क्वारेन्टिन बसेवापत लिने शुल्क तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खाना समेत पर्छ ।

महानिर्देशकका अनुसार क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने शर्त राखिएको छ । होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ ।

अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्छ । होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

होटलहरूको विवरण