जनता टाइम्स

२० जेष्ठ २०७८, बिहीबार ०८:४४

माधवले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई एमालेको निर्देशन


काठमाडौ २० जेठ ।  नेकपा एमालेले माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ।पार्टीका सचिव शेरबहादुर तामाङले आज विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भन्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हालैको स्थायी कमिटी बैठकबाट झलनाथ खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निकाल्नुभएको थियो । आज नेपालले बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक राख्न लाग्नुभएको छ । उक्त बैठक हुनु तीन घण्टाअघि एमालेले विज्ञप्ति निकालेर उक्त बैठकमा सहभागी नहुन नेताहरूलाई भन्नुभएको हो । अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको तामाङको भनाइ छ।