जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार ११:४३

भीम आचार्य पनि बिभाजनको बिपक्षमा : चरम महत्वकांक्षा, इर्ष्या र इगो त्याग्न माधवलाई सुझाव


काठमाडौं, जेठ २४ । एमाले नेता भीम आचार्यले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन शीर्ष नेतालाई अपिल गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ भन्दा पूर्व अवस्थामा फर्काउने घोषणा गरेसँगै नवौं महाधिवेशनबाट निर्वाचित सचिव रहनुभएका नेता आचार्यले यस्तो सुझाव दिनुभएको हो । आचार्यले अध्यक्षको कदमको समथृन गर्दै पहिलो पुस्ताका नेतहरु पार्टीको अभिभावक बनेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणासमेत राख्नुभएको छ ।

यस्तो छ आचार्यको बिचार

यतिबेला नेकपा (एमाले) को पार्टी एकता गम्भीर संकटमा परेको छ। देशकै प्रमुख पार्टीभित्रको बिबाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धीहरु शंकटमा परेका छन्। राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएको छ। पार्टीलाई एकतावद्ध बनाउदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धि हरु को रक्षा गर्न निम्न काम गर्न आवश्यक छ।

१. २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी माहाधिबेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्ने।

२. क. के.पी. वली, क.झलनाथ खनाल, क.माधव नेपाल, क.वामदेब गौतम र क.अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने।

३. नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन सहयोग गर्ने।

४. पार्टीलाई सामुहिक नेतृत्व,नितीको मार्गदर्शन र बिधिको ब्यबस्था अनुरुप संचालन गर्ने।