जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १४:१७

भक्तपुर क्यान्सर अस्पतालमा ३२ बर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर !


काठमाडौं, जेठ २४

भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमरको सफल शल्यक्रिया गरिएको छ। काठमाडौं स्वयम्भु निवासी ती महिलाको डा. सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले हिजो सफल शल्यक्रिया गर्नुभएको हो ।

उक्त महिलामा एक वर्षअघि नै पेट फुल्ने समस्याको जाँचका लागि अस्पताल पुग्दा सिस्टको समस्या पत्ता लागेको थियो ।

अहिले बिरामीलाई असहज र पेट निकै ठूलो भएपछि उपचारका लागि अस्पताल पुग्नुभएको थियो । आवश्यक जाँचपछि शल्यक्रिया गर्ने निर्णय भएको थियो। शल्यक्रिया गर्ने टोलीमा आफूसहित डा. उषा बाडे श्रेष्ठ, डा. अनिसा श्रेष्ठ, डा. रन्जना मण्डल र डा. देवकी गुवाजु रहेको डा. प्रजापतिले बताउनुभयो ।