जनता टाइम्स

२४ जेष्ठ २०७८, सोमबार १४:३८

माधवलाई भेटेलगत्तै देउवा निवासमा प्रचण्ड


काठमाडौं, जेठ २४

एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको भेट लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुग्नुभएको छ । यसअघि प्रचण्ड र नेपालबीच करिव पौने एक घण्टा कोटेश्वरमा वार्ता भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताका लागि आह्वान गरेलगत्तै प्रचण्ड र नेपालबीच हिजो राति पनि छलफल भएको थियो । नेपाललाई भेटेलगत्तै प्रचण्ड देउवासँग छलफलका लागि बूढानीलकण्ठमा पुग्नुभएको बताइएको छ ।