काठमाडौं, जेठ २५ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहसँग एकताको असम्भव कोशिस नगर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । नेपालको मंगलवारको वक्तव्यले एकताको सम्भावना सकिएको भन्दै थापाले अब जेठ २ को रटानको अध्याय सकिएको बताउनुभएको हो । थापाले आफ्नो सुझाव पेश गर्दै माधव नेपालका शर्त स्वीकार गरेर एकता नहुने भन्दै यी शर्तमा नेपालसँग होइन देउवाको कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी समेत गर्नुभयो । थापाले भन्नुभयो , ‘यी शर्तमा नेपाल गुटसँग होइन,देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो , अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं।’
जेठ २ रटानको अध्याय सकियो, अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं – सूर्य थापा













प्रतिक्रिया दिनुहोस्