काठमाडौं, जेठ २५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको जनाएको छ।
अक्सिजन सिलिण्डरहरु विभिन्न कारणले देशका विभिन्न भागका व्यक्तिका घर, टोल र विभिन्न किसिमका आइसोलेसन सेन्टर तथा अस्पतालहरुमा पुगेको र ति सिलिण्डरहरु समयमै भर्नाका लागि सम्बन्धित अक्सिजन कम्पनीमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै मन्त्रालयले यथासक्य चाँडो अक्सिजन भर्नका लागि उद्योगमा उपलब्ध गराउन आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्