जनता टाइम्स

२५ जेष्ठ २०७८, मंगलवार १४:२०

सुदूरपश्चिमका सांसद रेग्मीले छाडे माधवको साथ, उभिए ओली पक्षमा


कैलाली, जेठ २५

सुदूरपश्चिम प्रदेशसभा सदस्य बलदेव रेग्मीले एमाले नेपाल समूहको साथ छोड्नुभएको छ । उहाँले आज मुख्यमन्त्री त्रिलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गरेर माधव नेपालको साथ छोड्नुभएको हो । बाजुराबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रेग्मी भीमबहादुर रावल निकट मानिनुहुन्थ्यो ।

रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षीय प्रदेशसभा सदस्यको संख्या सात पुगेको छ । मुख्यमन्त्रीको विपक्षमा एमालेका सात सांसदले मतदान गरेका थिए । सुदुरपश्चिममा अब सभामुखबाहेक २४ जनामध्ये ओली पक्षमा ७ र नेपाल पक्षमा १७ सांसद देखिएका छन् ।