काठमाडौं, जेठ २५
नेपाललाई तत्काल खोप उपलब्ध गराउन १६ बेलायती सांसदहरुले बेलायती पराराष्ट्र मन्त्रीलाइ पत्र लेख्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरसँग संघर्ष गरिरहेको नेपाललाई तत्काल खोप लगायतका जरुरी स्वास्थ्य सहायता उपलब्ध गराउन दबाब दिँदै १६ सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेख्नुभएको हो ।
मन्त्री रावलाई बुझाइएको पत्रमा तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरिएको छ । कोभ्याक्सबाट खोप आउन ढिलाइ हुने देखिएकाले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र अन्य विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई प्रदान गर्न समेत भनिएको छ । ती सांसदहरुले नेपालको पछिल्लो स्वास्थ्य संकटबारे विदेशमन्त्रीलाई अवगत समेत गराएका छन् ।
स्वास्थ्य सहायता उपलब्ध गराउन ढिला भैसकेको उल्लेख गर्दैै उनीहरुले यसैसाता बेलायती सेनाको चिकित्सकीय टोली काठमाडौं आउन लागेको कुरा स्वागतयोग्य भएको समेत जनाएका छन् । नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग उल्लेख गर्दै ती सांसदले नेपाललाई जरुरी परेको बेला बेलायतले पनि सघाउनुपर्ने धारणा राखिएको छ । उक्त सांसदहरु विभिन्न राजनीतिक दलमा आबद्ध हुनुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्