जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १५:३५

मन्त्रिपरिषदले पायो पूर्णता, सात मन्त्री र एक राज्यमन्त्री थपिए (कार्यबिभाजन सूचीसहित)


काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदलाई पुर्णता दिनुभएको छ । आज आठ जना मन्त्री थप गरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पुर्णता दिनुभएको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा केहीबेर अघि सात मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा एमाले नेता खगराज अधिकारी पाँचौ बरियतामा गृहमन्त्री नियुक्त हुनुभएको छ ।

यसैगरी जसपा नेता राजकिशोर यादव उद्योगमन्त्री, नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, नारादमुनी राना बनमन्त्री, गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको छ । यस्तै मोहन बानिया प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आसाकुमारी बिक बन राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

यसअघि १७ सदस्यीय मन्त्रिपरिषदमा आज आठ मन्त्री थप भएसँगै २५ पुगेको छ । नेपालको संबिधानअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद रहने ब्यवस्था छ ।

हेर्नाेस सूची