जनता टाइम्स

२७ जेष्ठ २०७८, बिहीबार १८:२०

यी हुन् कोरोनाको निःशुल्क उपचार हुने देशभरका ८३ अस्पताल (सूचिसहित)


काठमाडौं, जेठ २७

सरकारले देशभरका निजी तथा सरकारी गरि ८३ वटा अस्पतालमा कोरोनाको उपचार निःशुल्क हुने जनाएको छ । तोकिएका उक्त अस्पतालहरुमा कोभिड–१९ केयर युनिटसमेत सञ्चालन हुनेछ । यी अस्पतालहरुमा संक्रमितको उपचार गरे वापतको खर्च स्वास्थ्य मन्त्रालयले सोधभर्ना दिनेछ ।

मन्त्रालयले सम्झौता गरेका अस्पतालहरुलाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजारका दरले सोधभर्ना दिने भएको हो ।

यी हुन् निःशुल्क सेवा

  1. सामान्य रगत परीक्षण (जस्तैस् सिरम, युरिया, क्रियटिनिन्, सुगर, सिआरपी, सिबिसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदी)
  2. छातीको एक्सरे
  3. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि
  4. बिरामीको शय्या शुल्क
  5. खाजा तथा खाना सहित चार छाक
  6. चिकित्सक तथा नर्सको राउन्ड सेवा
  7. अक्सिजन

यी सेवा छैन नि:शुल्क

  • आइसीयू बाहेकका बिरामीमा पिसिआर
  • रेम्डिसिभिर
  • प्लाज्मा थेरापी
  • सिटी स्क्यान
  • हायर एन्टिबायोटिक्स

यी हुन् अस्पताल