जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार १२:३९

नारायण वाग्ले र खगेन्द्र संग्रौलासहित एक दर्जन प्रदर्शनकारी पक्राउ


काठमाडौं, जेठ २८ । पत्रकार नारायण वाग्ले र लेखक खगेन्द्र संग्रौला पक्राउ पर्नुभएको छ । निषेधाज्ञा तोडदै प्रदर्शनमा उत्रिएको कारण प्रहरीले बृहत् नागरिक आन्दोलनका अभियन्ताहरुलाई बालुवाटारबाट आज पक्राउ गरेको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सेटिङमा सम्बन्धन दिन लागेको भन्दै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वाग्ले र संग्रौलासहित युग पाठक, अर्चना थापा, रिता परियार, संगीत श्रोता, अञ्जनबाबु शर्मा, मिर्ग नविन, घिमिरे युवराज, सञ्जीव उप्रेती, अनुभव अजित, सरिता परियार पक्राउ परेका छन्।