काठमाडौं, जेठ २८ । सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।
आज संघका अध्यक्ष किरण पौडेलले स्वमय् सेवक परिचालन सम्बन्धमा ८ बुँदे विशेष निर्देशन दिनुभएको हो । कोरोनाको संक्रमण नेपालमा आएसँगै संक्रमण्दरलाई न्युनिकरण, रोकथाम, नियन्त्रण, राहत तथा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै संघले सरकारले नागरिकको जीवनलाई सुरक्षा गर्ने उद्देश्यका साथ शुरु गरेको खोप कार्यक्रमलाई सहज तथा प्रभावकारी बनाउन स्वयं सेवक परिचलन गर्न मातहतका सवै कमिटीलाई विशेष निर्देशन दिएको हो ।














प्रतिक्रिया दिनुहोस्