जनता टाइम्स

२८ जेष्ठ २०७८, शुक्रबार १४:१९

बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहन्न : मुख्यमन्त्री पोखरेल



रूपन्देही, जेठ २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा परे एक मिनेट पनि पदमा नबस्ने घोषणा गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रदेशसभामा आज जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले यस्तो घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले शुक्रबारको प्रदेश सभा बैठकमा आफूले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अल्पमतमा देखिएको अवस्थामा एक मिनेटपनि सत्तामा नहरने प्रतिबद्धता जनाउनु भएको हो । ‘मैले संसदभित्रको राजनीतिक गणितलाई विश्वास गर्छु, अराजनीतिक गणितमा विश्वास गर्दिन,’ पोखरेलले भन्नुभयो, ‘बहुमत गुम्यो भने एक मिनेट पनि म सत्तामा रहनु हुँदैन भन्ने लाग्छ ।’