काठमाडौं, जेठ ३० । पूर्वप्रधानन्यायाधीश क्लव बनाएर न्यायालयको छवी ध्वस्त बनाउने अभियानमा लाग्नुभएका पाँच जना पूर्वप्रधानमन्त्रीले आफ्नै क्लव गठन गरेपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ । भारतमा बसेर जनयुद्ध गर्नुभएका प्रचण्ड र बाबुराम भट्टराईदेखि जनयुद्धकालमै सहकार्य गरेको सार्वजनिक घोषणा गर्नुभएका माधवकुमार नेपालसम्म मिलेर बिदेसी हस्तक्षेप हुन लागेको अफवाह फैलाउने काम भएपछि उहाँहरुको आलोचना भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, जसपा नेता डा. बाबुराम भट्टराई, एमालेका निश्काशित नेताद्वय झलनाथ खनाल र माधव नेपालले शनिवार संयुक्त बिज्ञप्ती जारी गर्नुएको हो । माधव–झलनाथ र बाबुरामको पार्टी टुंगो नभएको र पुरानै पार्टीमा आफ्नो नाम लेख्दा झनै बदनाम हुने भएकोले पूर्वप्रधानमन्त्रीको नाममा बिज्ञप्ती जारी गरिएको प्रचण्ड निकट एक नेताले जनताटाइम्सलाई बताए । बिज्ञप्तीमा अनेकन आरोप सरकारमाथि लगाइए पनि मुल उदेश्यभ नेको आफ्नो चर्चा भइरहोस र न्यायालयमाथि दवाव परोस भनेर पाँच पूर्वप्रधानमन्त्रीले बिज्ञप्ती दिनुभएको हो ।
बक्तब्यको खास उदेश्यभ ने मुलुकलाई असफल राष्ट्र बनाउने र कोरोना संक्रमितले उपचार नपाई मुलुक भयावह अवस्थामा पुगोस भन्ने रहेको ती नेताको भनाई छ । बक्तब्यमै सरकारलाई सहयोग नगर्न कर्मचारी प्रशासनलाई अपिल गर्नुका खास उदेश्य यही रहेको सहजै बुझन सकिने उनको भनाई छ । सरकारलाई असहयोग गरी मुलुकको अवस्था भयावह बनाउन अपिल गर्ने पाँच पूर्वप्रधानमन्त्रीले माग भने सरकारसँगै गर्नुभएको छ । उहाँहरुले खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवं समुदायलाई परिरहेको मर्का र कठिनाईप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन सरकारसँग माग गर्नुभएको हो ।
‘सरकारलाई असहयोग गर भनेर कर्मचारीलाई भन्ने अनि यो कुरा चाहियो भनेर माग पन गर्ने ? यो कस्तो तरिका हो ? यस्ले त उहाँहरुको दिमाग ठेगानमा छैन भन्ने देखिन्छ,’ नेपाली कांग्रेसका एक नेता भन्छन । उनका अनुसार प्रधानमन्त्रीको लोभ देखाएर देउवालाई प्रचण्डले फसाएर यस्तो बिज्ञप्ती निकाल्न बाध्य पारिएको हो । पछिल्लो समय पाँचै जना पूर्वप्रधानमन्त्रीहरु मुलुकको हितमा सोच्न छाडिसक्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उचाइ बढदै गएको भन्दै भित्रभित्रै कुण्ठा पालेर बस्नुभएका पाँच पूर्वप्रधानमन्त्री पछिल्लो समय निर्दलीयताको वकालत गर्दै आएको कारण पार्टीको हैसियत भन्दा पूर्वप्रधानमन्त्रीको नाममा बक्तब्य दिएको समेत ती नेताको बुझाइ छ । बक्तब्यको निश्कर्ष बर्तमानले नभई सवैतिर पूर्वहरुको आदेश पालना गर्नूपर्छ भन्ने रहेको छ । पटक पटक सत्ता र पार्टीको नेतृत्वमा कसेका नेताहरुको यो हर्कतपछि सवैतिर आलोचना भएको छ भने अधिकांशले पदमा बसेर गरेको अपराधको ढाकछोप पूर्वप्रधानमन्त्रीको लेटरप्याडले गर्न नसक्ने टिप्पणी गरेका छन ।
प्रतिक्रिया दिनुहोस्