जनता टाइम्स

२९ जेष्ठ २०७६, बुधबार १२:२६

मेक्सिकोमा पत्रकार साराबीयाको हत्या


मेक्सिको, जेठ २९

मेक्सिकोको दक्षिण पश्चिममा मंगलवार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रूपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उहाँले टाबास्को राज्यका अरू सञ्चार माध्यममा समेत कार्य गर्नुभएको थियो । हत्याका आरोपीहरूमाथि यहाँ बिरलै सजाय हुने गरेको छ ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएको उहाँ छैटौं पत्रकार हुन् । पत्रकारहरूका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरूले देखाएका छन् ।