चितवन, असार १ । आइतवारदेखि परेको अविरल वर्षासँगै चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न स्थानहरुमा स–साना ढुंगा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सो सडक खण्डको घुमाउने लगायतका स्थानमा लेदोहरु खसेको छ ।
प्रवक्ता थापाका अनुसार खासै ठूलो समस्या आइसकेको छैन, स–साना ढुंगाा र लेदो हटाउने काम भइरहेको छ । वर्षायाम वर्षेनी यस सडक खण्डमा पहिलो खस्ने गरेको छ । चितवनमा गयरातिदेखि भारी वर्षा भइरहेको छ । चितवन प्रशासनले नदी आसपासका बासिन्दाहरुलाई बाढी र पहाडी भेगका जनतालाई पहिरोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरेको छ ।













प्रतिक्रिया दिनुहोस्