जनता टाइम्स

२ असार २०७८, बुधबार ०९:३९

बस्तीमा पस्यो नारायणी : सर्तकता अपनाई सुरक्षित स्थानमा जान आग्रह


चितवन, असार २

नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । रातभरीको निरन्तर बर्षाका कारण भरतपुर महानगरपालिका–२६ को बस्तीमा बाढी पसेको सहायक प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भटटराईले बताउनुभयो । नारायणीसँगै राप्ती र रिउ खोलामा पानीको वहाब वढ्दै गएकाले नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा गई बस्न जिल्ला प्रशासन कार्यालले आग्रह गरेको छ ।

यस्तै औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि तटीय क्षेत्रबासीलाई आग्रह गरिएको छ ।नारायणीका कार ण भरतपुर महानगरपालिका वडा नं १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ । त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । महानगरका वडा नं २६ र २७ का हिरापुर, सिसई, न्यूरेनीलगायत ठाउँमा नारायणी तटबन्ध पार गरी मानव बस्तीतर्फ पस्न शुरु गरेको छ ।