जनता टाइम्स

२ असार २०७८, बुधबार १२:०६

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि नयाँदिल्ली लगिँदै


काठमाडौं, असार २

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि आज नयाँदिल्ली लगिंदै छ । दिउँसो उहाँलाई उपचारका लागि दिल्लीको एपोलो अस्पतालमा लग्न लागिएको उहाँको सचिवालयले जनाएको छ ।

ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उहाँलाई यसअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागी दिल्ली लानु पर्ने अवस्था आएपछि आज लान लागिएको हो ।