जनता टाइम्स

२ असार २०७८, बुधबार १६:४४

नेता गौतमद्वारा प्रेस चौतारीको कोषमा १ लाख सहयोग


काठमाडौं, असार २

नेकपा एमाले राष्ट्रिय परिषद सदस्य रत्न प्रसाद गौतमले प्रेस चौतारी नेपाल, रामेछापको कोषमा १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । प्रेस चौतारी रामेछापका अध्यक्ष बिफा घिसिङका अनुसार नेता गौतमले एक लाख रुपैयाँको चेक सहयोग स्वरुप आज हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ को महामारीका कारण सिर्जना भएको अवस्थालाई ध्यान दिँदै चौतारी रामेछापले यसअघिको कोषलाई पुनः व्यूँताएको उहाँले बताउनुभयो । अन्य सहयोगी दाताहरुबाट पनि कोषमा सहयोग आउने क्रम जारी रहेको अध्यक्ष घिसिङले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय युवा संघ नेपाल रामेछापले पनि नगद १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।