जनता टाइम्स

२ असार २०७८, बुधबार १८:१७

२ बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ


मोरङ, असार २

मोरङमा सात वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

मोहमदले दुई जना बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।