काठमाडौं, असार ४ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले आफू अव मुख्यमन्त्री नबन्ने घोषणा गर्नुभएको छ । बागमति प्रदेशमा पार्टी एकताको सन्देश दिँदै प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि आफू मुख्यमन्त्री बन्ने सहमति गरी सरकारलाई सघाएको आरोप लागेपछि नेतृ शाक्यले मुख्यमन्त्री नबन्ने सार्वजनिक घोषणा गर्नुभएको हो ।
अनलाइन पत्रिका नेपाल प्रेससँगको कुराकानीमा नेतृ शाक्यले पार्टीले जिम्मा दिने निर्णय गर्यो भने पनि अव मुख्यमन्त्री बन्दिन भनेर सार्वजनिक घोषणा गर्नुभएको छ । ‘कतिपयले अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पाउनेगरी अहिलेको सरकार जोगाइदिएको भन्ने टिप्पणी गरेको पनि सुनियो । तर, म आज नेपाल प्रेसमार्फत नै घोषणा गर्छु कि, अब म मुख्यमन्त्री बन भनेर पार्टीले दियो भने पनि खान्न । मलाई अब मुख्यमन्त्री बन्नु नै छैन । मलाई कुनै लोभ पनि छैन । पहिले पनि मेरो चाहना थिएन,’ शाक्यले भन्नुभएको छ ।
उहाँले वागमती प्रदेशलाई जनमुखी विकास र संमृद्धिको बाटोमा काम गर्नका लागि प्रदेश सरकारलाई सहयोग गर्ने तर मुख्यमन्त्री नबन्ने प्रष्ट पार्नुभएको छ । ‘त्यही भनेरै अहिले प्रदेश सरकारको नीति कार्यक्रम पनि मिलेर बनायौं पारित ग¥यौं । अब बजेट पनि त्यसैगरी पारित गर्छौं,’ शाक्यले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्