जनता टाइम्स

४ असार २०७८, शुक्रबार १६:३४

तीन सुरक्षा निकायका प्रमुखसहित शीतलनिवास पुगे गृहमन्त्री, यस्तो छ कारण


काठमाडौं, असार ४

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाउनुभएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु केही समयअघि शीतलनिवास पुग्नुभएको छ ।

गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवास पुग्नुभएको हो । विपद्को विषयमा जानकारी लिनका लागि राष्ट्रपतिले बोलाउनुभएको बताइएको छ ।